६ असार २०८३, शनिबार

‘मुख्य नेताले नमान्दा’ : रविको सर्वदलीय बैठकमा कांग्रेस–एमालेको ‘सेकेण्ड टिम’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ–आफ्ना शीर्ष नेतृत्व नपठाउने भएका छन्।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजेका लागि बैठक बोलाइएको छ।

रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई प्रतिनिधि सहभागी हुन आग्रह गरेको थियो। तर कांग्रेस र एमालेले भने मुख्य नेतृत्व नपठाई दोस्रो तहका प्रतिनिधि पठाउने निर्णय गरेका हुन्।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने भएका छन्। त्यस्तै एमालेको तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुनेछन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा साझा धारणा बनाउनका लागि यो सर्वदलीय बैठक आह्वान गरिएको हो।

तर मुख्य दलको शीर्ष नेतृत्वको अनुपस्थितिले बैठकको औचित्य र प्रभावकारितामा प्रश्नचिह्न देखिएको छ। रास्वपाको पहललाई सान्दर्भिक ठहर्याउँदै पनि कांग्रेस र एमालेले आफ्नो सहभागितालाई ‘तहगत रूपमा सीमित’ राख्ने संकेत दिएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button