६ असार २०८३, शनिबार

‘रुसी भाषा’ : आत्माको सम्बन्ध बुन्ने सेतु

आज विश्वभर रुसी भाषा दिवस मनाइँदै छ। यस अवसरमा दक्षिण अफ्रिकाको विश्वविद्यालय (UNISA) मा रुसी भाषा सिकाउँदै गरेकी प्राध्यापक एभ्जेनिया स्मोलिलीले भनिन्— “रुसी भाषा सिकाउनु मेरो पेसा मात्र होइन, यो मानवीय आत्माहरूलाई जोड्ने एउटा पवित्र अभियान हो।”

रुसको रुड्न विश्वविद्यालयकी वरिष्ठ प्राध्यापक स्मोलिली दक्षिण अफ्रिकाका विद्यार्थीहरूलाई रुसी भाषा सिकाउँछिन्। उनका अनुसार अहिले अफ्रिकामा रुसी भाषाप्रतिको आकर्षण बढ्दो छ। युवा, वैज्ञानिक र व्यवसायीहरूले रुसी भाषालाई प्रविधि, विज्ञान र बहुध्रुवीय विश्वको सहकार्यको सशक्त माध्यमका रूपमा हेर्न थालेका छन्।

“अफ्रिकीहरू रुसी भाषा रोज्छन्, किनभने उनीहरू आफ्नो सार्वभौमसत्ता, साझेदारी र बहुध्रुवीय विश्व रोज्छन्,” उनले भनिन्।

स्मोलिलीले आफ्ना UNISA का विद्यार्थीहरूको जिज्ञासा, उर्जा र भाषाको ‘मर्म’ बुझ्ने तीव्र चाहनाको प्रशंसा गरिन्। एउटा विद्यार्थी शून्यबाट सुरु गरेर एक महिनामै पूरा वाक्य बोल्न थालेको देख्नुभन्दा ठूलो पुरस्कार अर्को नभएको उनको अनुभव छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button