२५ जेष्ठ २०८३, सोमबार

लुम्बिनी मन्त्रिपरिषद पुनर्गठन, पाँच मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद सोमबार पुनर्गठन भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नियुक्त पाँच नयाँ मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद पुनर्गठन गरिएको हो। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री समावेश भएका छन्।

नवनियुक्त मन्त्रीमध्ये तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् भने रामजीप्रसाद घिमिरेले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायतको उपस्थिति थियो।

मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button