२५ जेष्ठ २०८३, सोमबार

‘ग्रेटर नेपाल’ अभियन्ता फणिन्द्र नेपाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ‘ग्रेटर नेपाल’ अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका–१०, कटारीबस्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार चेक अनादर (चेक भुक्तानी नदिएको) सम्बन्धी उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।

संखुवासभाको सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा बसोबास गर्दै आएका थिए।

प्रहरीले उनको नियन्त्रण तथा अनुसन्धानलाई नियमित प्रक्रियाअनुसार अघि बढाइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button