२२ भाद्र २०८३, सोमबार

चार जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोगको स्वीकृति

काठमाडौं । सरकारले चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलविद्युत आयोजनाका लागि आवश्यक प्रक्रिया अनुसार वन क्षेत्र प्रयोगको स्वीकृति दिइएको जानकारी दिए।

बैठकले निजामती सेवा १६औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताए।

मन्त्रिपरिषद्का यी निर्णयसँगै ऊर्जा पूर्वाधार, प्रशासनिक व्यवस्था, मानवीय सेवासम्बन्धी संस्था व्यवस्थापन र राजनीतिक रूपमा चासोका विषयमा सरकार अघि बढेको देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button