५ असार २०८३, शुक्रबार

महावीर पुनलाई प्रविधिमन्त्री बनाउने तयारी

काठमाडौं । सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पुनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार पुनलाई आजै अपराह्न ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्। ग्रामीण प्रविधि, स्वदेशी अनुसन्धान, युवा वैज्ञानिक तथा आविष्कारकलाई प्रोत्साहन गर्ने अभियानका कारण उनी सार्वजनिक रूपमा परिचित छन्।

स्वतन्त्र सांसद रहेका पुन यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए।

यसैबीच, सम्पत्ति विवरणबारे प्रश्न उठेपछि राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयमा फर्कने भएका छन्। प्रधानमन्त्री शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

गुरुङलाई पनि आजै अपराह्न ३ बजे शपथ गराउने तयारी भइरहेको बताइएको छ।

महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र सुधन गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने तयारीसँगै मन्त्रिपरिषद विस्तार तथा पुनर्गठनको प्रक्रिया अघि बढेको देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button