सुधन गुरुङ ४७ दिनपछि पुनः गृहमन्त्री नियुक्त

सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरीयतामा राख्दै पुनः गृहमन्त्रीको रूपमा नियुक्त गरिएको छ। ४७ दिनअघि पदबाट राजीनामा दिएका उनले फेरि गृह मन्त्रालयको नेतृत्व सम्हालेका हुन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरीयतामा राखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहपछि दोस्रो वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले, तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल, र चौथो वरीयतामा उर्जा मन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
नवनियुक्त मन्त्री गुरुङ र पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।




