२६ जेष्ठ २०८३, मंगलवार

दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं — नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डसँग सम्बन्धित फाइल पुनः खोल्ने निर्णय गरेका छन्।

मंगलबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको जानकारी दिए। ४७ दिनपछि पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका उनले मन्त्रालय मातहतका अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा फौजदारी अभियोग लगाइएकाहरूको मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णयसमेत गरेका छन्। उनका अनुसार यस विषयमा कानुनी र प्रशासनिक पक्षको अध्ययनपछि आवश्यक निष्कर्ष निकालिनेछ।

उनले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई थप सुदृढ बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र आवश्यक परेका सबै फाइल खोल्ने तयारी रहेको बताए।

गुरुङ यसअघि वैशाख ९ गते गृह मन्त्रालयबाट राजीनामा दिएका थिए। २६ दिन गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि पदबाट बाहिरिएका उनी ४७ दिनपछि पुनः गृह मन्त्रालयको कमान सम्हाल्न फर्किएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button