२७ जेष्ठ २०८३, बुधबार

हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। तराईका भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। रातिको समयमा मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना छ।

त्यस्तै, कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button