विश्वकप लक्षित सामसङको विशेष टिभी अफर सार्वजनिक

काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको छ।
घरमै रंगशालाजस्तै रोमाञ्चक र इमर्सिभ खेल अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको जनाएको छ। सामसङ नेपालका अनुसार ग्राहकहरूले यो अफरको लाभ सन् २०२६ जुलाई १९ सम्म लिन सक्नेछन्।
यस अफरअन्तर्गत ग्राहकहरूले छनोटमा परेका सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। कम्पनीका अनुसार विश्वकपलाई ठूलो र स्पष्ट स्क्रिनमा हेर्न चाहने ग्राहकहरूका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ।
खेल अनुभवलाई अझ प्रभावकारी बनाउन ७५ इन्च वा ८५ इन्चका टिभी मोडेल खरिद गर्ने ग्राहकहरूलाई रु. ४९,९९० मूल्य पर्ने साउन्डबार मात्र रु. ९,९९९ मा उपलब्ध गराइने कम्पनीले जनाएको छ। साउन्डबारमार्फत ग्राहकहरूले शक्तिशाली अडियोसहित अझ जीवन्त मनोरञ्जन अनुभव लिन सक्नेछन्।
सामसङले यो योजनामा नि:शुल्क ‘वर्ल्ड कप लाइभ सब्सक्रिप्सन’ र नेटटिभी प्याकेज पनि समावेश गरेको छ। QLED र UHD मोडेल खरिद गर्ने ग्राहकहरूले १२ महिनाको नि:शुल्क NETTV प्याकेज पाउनेछन् भने FHD र HD मोडेल खरिद गर्ने ग्राहकहरूले ६ महिनाको नि:शुल्क NETTV प्याकेज प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार QLED का ५५ देखि ८५ इन्चसम्मका मोडेलमा २५ प्रतिशतसम्म क्यासब्याक, १२ महिनाको नि:शुल्क NETTV प्याकेज र World Cup Live Subscription उपलब्ध हुनेछ। ७५ र ८५ इन्चका QLED मोडेलमा मात्र रु. ९,९९९ मा साउन्डबारसमेत उपलब्ध हुनेछ।
त्यस्तै, UHD का ४३ देखि ६५ इन्चसम्मका मोडेलमा १० प्रतिशतसम्म क्यासब्याक, १२ महिनाको नि:शुल्क NETTV प्याकेज र World Cup Live Subscription पाइनेछ।
FHD को ४३ इन्च मोडेलमा ७ प्रतिशतसम्म क्यासब्याक, ६ महिनाको नि:शुल्क NETTV प्याकेज र World Cup Live Subscription उपलब्ध हुने कम्पनीले जनाएको छ। HD को ३२ इन्च मोडेलमा भने २१ प्रतिशतसम्म क्यासब्याक, ६ महिनाको नि:शुल्क NETTV प्याकेज र World Cup Live Subscription समावेश गरिएको छ।
ग्राहकहरूको सहजताका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत १२ वा २४ महिनाको ईएमआई किस्ताबन्दी योजनामा पनि टिभी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
यसका साथै पुराना इलेक्ट्रोनिक्स सामान फेरेर नयाँ टिभी लिन चाहने ग्राहकहरूले ‘अर्कॉस्टोर’ मार्फत वा नेपालभर रहेका अधिकृत सामसङ रिटेल स्टोरबाट सिधै एक्सचेन्ज सुविधा लिन सक्नेछन्।
यस अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकैको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।





