२७ जेष्ठ २०८३, बुधबार

प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, अवरोध खुलाउन संवाद जारी

आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाउँदै आएको पृष्ठभूमिमा सहमति खोज्ने प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विपक्षी दलहरूसँग संवादमा छन्। संसद्को अवरोध खुलाउन सहमतिको प्रयास भइरहेको उनले बताए।

विपक्षी दलहरूले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिमाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले स्वयं सदनमा आएर उक्त अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विषयमा सम्बोधन गरेका थिए। सोही अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button