सीपीपीसीसी उपाध्यक्ष सियान हुईद्वारा भियतनाम भ्रमण

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसी राष्ट्रिय समितिकी उपाध्यक्ष सियान हुईले सोमबारदेखि बुधबारसम्म भियतनामको भ्रमण गरेकी छन्।
भ्रमणका क्रममा सियानले भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समिति र भियतनाम फादरल्यान्ड फ्रन्ट केन्द्रीय समितिका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेकी थिइन्।
सियानले चीन भियतनामसँग पारस्परिक लाभमा आधारित सहकार्यलाई अझ गहिरो बनाउन इच्छुक रहेको बताइन्। उनले चीन–भियतनाम साझा भविष्यसहितको समुदाय निर्माणलाई स्थिर र व्यावहारिक रूपमा अघि बढाउन चीन तयार रहेको उल्लेख गरिन्। यस उद्देश्यमा सीपीपीसीसीले पनि योगदान दिन तयार रहेको उनको भनाइ थियो।
भियतनामी पक्षले पनि पार्टी र राज्य सञ्चालनसम्बन्धी शासन अनुभव आदानप्रदानलाई गहिरो बनाउन चीनसँग सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। साथै, अर्थतन्त्र तथा व्यापार, विज्ञान तथा प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा व्यावहारिक सहकार्य सुदृढ गर्ने तत्परता व्यक्त गरेको छ।





