बाह्य शक्तिसामु झुक्नुले डीपीपीलाई चिनियाँ राष्ट्रका गद्दारका रूपमा उजागर गरेको चीनको भनाइ

चीनको राज्य परिषद् ताइवान मामिला कार्यालयका प्रवक्ताले ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी ९डीपीपी० अधिकारीहरूले बाह्य शक्तिसामु झुकेको व्यवहारले उनीहरूलाई चिनियाँ राष्ट्रका पूर्ण गद्दारका रूपमा उजागर गरेको बताएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाङ हानले जापान र फिलिपिन्सले चीनको ताइवान टापुको पूर्वी जलक्षेत्रसम्बन्धी “समुद्री सीमाङ्कन वार्ता” घोषणा गरेको विषयमा डीपीपी अधिकारीहरूको प्रतिक्रियाबारे सोधिएको प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेकी हुन्।
झाङका अनुसार उक्त क्षेत्रमा चीनको विशेष आर्थिक क्षेत्र र महाद्वीपीय शेल्फ रहेको छ। चीनको सहभागिताबिनै तथाकथित वार्ता अघि बढाएर जापान र फिलिपिन्सले चीनका समुद्री अधिकार र हितमाथि गम्भीर अतिक्रमण गरेको तथा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरू उल्लङ्घन गरेको उनले बताइन्।
उनले उक्त कदम “पूर्ण रूपमा गैरकानुनी र शून्य” रहेको टिप्पणी गरिन्।
प्रवक्ता झाङले डीपीपी अधिकारीहरू बाह्य शक्तिसामु झुक्दै “राष्ट्रका पूर्ण रूपमा पतित तत्व” बनेको आरोप लगाइन्। उनका अनुसार जापान–फिलिपिन्स कदमप्रति डीपीपीको प्रतिक्रियालाई लिएर ताइवान जलडमरूमध्यका दुवै किनारका चिनियाँहरूबाट व्यापक निन्दा भएपछि डीपीपीले आफ्नो भाषा फेर्यो र जनतालाई भ्रमित पार्न तथा ध्यान मोड्न आफ्नो अलगाववादी तर्कलाई नयाँ ढङ्गले प्रस्तुत गर्न खोज्यो।
“आफ्नो मूल बिर्सेर राष्ट्रलाई धोका दिने जोकोही पनि इतिहासको लज्जास्तम्भमा अनिवार्य रूपमा कील ठोकिएर रहनेछ,” झाङले चेतावनी दिइन्।
उनले ताइवानसम्बन्धी विषय चीनको आन्तरिक मामिला भएको दोहोर्याउँदै बाह्य शक्तिसँग मिलेर चीनको सार्वभौमिकता र समुद्री अधिकारमा चुनौती दिने कुनै पनि प्रयास सफल नहुने बताइन्।





