४ असार २०८३, बिहीबार

लिबियाको मुरजुक बेसिनमा तेल उत्पादन व्यवस्थापन एकीकृत गर्ने सम्झौता

लिबियाको राष्ट्रिय तेल निगम ९एनओसी० ले दक्षिण–पश्चिमी लिबियास्थित मुरजुक बेसिनको आई/आर तेल क्षेत्रका लागि एकीकृत सञ्चालन सम्झौता भएको जनाएको छ। साझेदारहरूबीच समन्वय सुदृढ गर्ने र सञ्चालन दक्षता बढाउने उद्देश्यले उक्त सम्झौता गरिएको हो।

एनओसीले बुधबार जारी गरेको वक्तव्यअनुसार सम्झौतामा एनओसी र उसका कन्सेसन साझेदारहरू सहभागी छन्। तीमध्ये लिबियाको अकाकुस आयल अपरेसन्स कम्पनी, फ्रान्सको टोटलएनर्जीज, स्पेनको रेप्सोल, नर्वेको इक्विनोर र अस्ट्रियाको ओएमभी रहेका छन्।

एनओसीका अनुसार सम्झौताले तेल क्षेत्र व्यवस्थापनसँग सम्बन्धित सञ्चालन र प्रशासनिक प्रक्रिया एकीकृत गर्नेछ। यसले स्रोतसाधनको प्रभावकारी उपयोग, उत्पादनको स्थायित्व र साझेदारहरूबीच समन्वय सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि एनओसीले राजधानी त्रिपोलीबाट करिब ९५० किलोमिटर दक्षिणमा रहेको मुरजुक बेसिनमा नयाँ तेल भण्डार पत्ता लागेको जनाएको थियो। करिब तीन लाखदेखि तीन लाख ५० हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो बेसिन लिबियाका सबैभन्दा ठूला भूगर्भीय बेसिनमध्ये एक मानिन्छ। यो क्षेत्र हाइड्रोकार्बन स्रोतका दृष्टिले विशेष रूपमा समृद्ध छ।

मुरजुक क्षेत्रमै लिबियाका प्रमुख तेल क्षेत्रहरू अवस्थित छन्। शरारा तेल क्षेत्रबाट दैनिक करिब तीन लाख ब्यारेल तेल उत्पादन हुँदै आएको छ भने एल फिल क्षेत्रको दैनिक उत्पादन करिब ८० हजार ब्यारेल छ।

तेल र ग्यास निर्यात लिबियाको मुख्य आम्दानी स्रोत हो। तर पछिल्ला वर्षहरूमा द्वन्द्व र राजनीतिक अस्थिरताका कारण देशको तेल उत्पादन पटक–पटक अवरुद्ध हुँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button