४ असार २०८३, बिहीबार

यमनमा तनाव घटाउने प्रयास : अम्मानमा सैन्य समन्वय बैठक सम्पन्न

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूतको कार्यालयले जोर्डनको राजधानी अम्मानमा सैन्य समन्वय समिति ९एमसीसी० को नयाँ चरणको बैठक सम्पन्न भएको जनाएको छ।

बुधबार सम्पन्न बैठकमा यमन र क्षेत्रीय सुरक्षासँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे छलफल भएको हो। बैठकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका प्रतिनिधि र साउदी नेतृत्वको गठबन्धनअन्तर्गत संयुक्त बल कमान्डका प्रतिनिधिहरू सहभागी थिए।

विशेष दूतको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार यस चरणको बैठक युद्धविरामको तयारी, समुद्री सुरक्षा र तनाव न्यूनीकरणका विषयमा केन्द्रित थियो।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत हान्स ग्रुन्डबर्गले यमन र क्षेत्रका लागि तीव्र रूपमा बदलिँदै गएको तथा अनिश्चित सुरक्षा वातावरणमा संयुक्त राष्ट्रसंघको पहलमा हुने यस्तो संवाद अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

सबै पक्षबाट व्यक्त प्रतिबद्धताका आधारमा आगामी अवधिमा हुथी समूहसहित एमसीसीका तीनै प्रतिनिधिमण्डललाई सहभागी गराएर बैठक आयोजना गर्ने योजना रहेको विशेष दूतको कार्यालयले जनाएको छ।

एमसीसी सन् २०२२ अप्रिलमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामको भागका रूपमा स्थापना गरिएको थियो। यसको उद्देश्य सैन्य संवादलाई सहज बनाउनु र तनाव कम गर्नु रहेको छ। समितिको पहिलो बैठक सन् २०२२ मेमा अम्मानमै बसेको थियो, जसमा एमसीसीका तीनै प्रतिनिधिमण्डल सहभागी थिए।

यमन सन् २०१४ को अन्त्यदेखि द्वन्द्वमा फसेको छ। त्यतिबेला हुथी बलले राजधानी सना र उत्तरी क्षेत्रका ठूलो भूभाग नियन्त्रणमा लिएपछि द्वन्द्व चर्किएको थियो। सन् २०१५ देखि यो संकट अझ व्यापक बनेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button