४ असार २०८३, बिहीबार

इरानी बन्दरगाह लक्षित नाकाबन्दीबीच अमेरिकाद्वारा अर्को तेल ट्याङ्कर निष्क्रिय

अमेरिकी सेनाले मंगलबार राति ओमानको खाडीमा एक तेल ट्याङ्कर निष्क्रिय पारेको जनाएको छ। इरानी बन्दरगाहहरू लक्षित अमेरिकी नौसैनिक नाकाबन्दी पालना नगरेको भन्दै अमेरिकी सेनाले लगातार दोस्रो दिन जहाजमाथि कारबाही गरेको हो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड ९सेन्टकम० ले बुधबार सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार पलाउको झन्डा बोकेको एम/टी सेट्टेबेलो नामक ट्याङ्करको इन्जिन कोठामा अमेरिकी विमानले लक्षित प्रहार गरेको थियो।

सेन्टकमका अनुसार जहाजका चालक दलले अमेरिकी सेनाबाट दिइएका निर्देशन बारम्बार पालना नगरेपछि ट्याङ्करलाई निष्क्रिय पारिएको हो।

अमेरिकी कमान्डले उक्त ट्याङ्कर इरानबाट तेल ढुवानी गर्ने प्रयासमा रहेको दाबी गरेको छ।

सेन्टकमका अनुसार अप्रिल १३ देखि नाकाबन्दी सुरु गरेयता अमेरिकी सेनाले निर्देशन पालना नगर्ने आठवटा जहाज निष्क्रिय पारेको छ। त्यसैगरी, निर्देशन पालना गरेका १३४ वटा जहाजलाई अर्को मार्गतर्फ पठाइएको र मानवीय सहायता बोकेका ४२ वटा जहाजलाई आवतजावत गर्न अनुमति दिइएको दाबी गरिएको छ।

ओमानको खाडी र हर्मुज जलडमरूमध्य आसपासको समुद्री क्षेत्र पछिल्ला दिनहरूमा थप संवेदनशील बनेको छ। तेल ढुवानी, अन्तर्राष्ट्रिय समुद्री व्यापार र क्षेत्रीय सुरक्षासँग प्रत्यक्ष जोडिएको यो क्षेत्रमा सैन्य गतिविधि बढ्दा ऊर्जा बजार र स्वतन्त्र समुद्री आवागमनबारे चिन्ता बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button