४ असार २०८३, बिहीबार

गृहमन्त्री गुरुङद्वारा कालभैरव दर्शन

काठमाडौँ । दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको दर्शन गरेका छन्।

मन्त्री गुरुङ बुधबार साँझ करिब सवा ८ बजे हनुमानढोका दरबार क्षेत्र पुगेका थिए। त्यहाँ उनले कालभैरवको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन्।

सम्पत्ति विवरणसम्बन्धी विषयमा गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्। पुनर्नियुक्तिपछि उनले सार्वजनिक चासोका विभिन्न विषय र पुराना घटनासँग सम्बन्धित फाइलहरू अघि बढाउने तयारी गरेको बताइएको छ।

गुरुङले दरबार हत्याकाण्डलगायतका संवेदनशील विषयसँग सम्बन्धित फाइलहरू खोल्ने निर्णयसमेत गरेको जनाइएको छ।

दोस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङको यो धार्मिक तथा सांस्कृतिक स्थल भ्रमणलाई पुनर्नियुक्तिपछिको सार्वजनिक उपस्थितिका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button