२९ जेष्ठ २०८३, शुक्रबार

कालिगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा छ जना घाइते

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार ब्रेक फेल भएपछि क्रेन सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर घाइते भएका छन्।

त्यस्तै, क्रेनमा सवार मध्यविन्दु नगरपालिका–११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई पनि घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा क्रेनमा क्षति पुगेको छ। दुर्घटनाग्रस्त क्रेन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button