४ असार २०८३, बिहीबार

चीन र क्युबाका कम्युनिष्ट पार्टीबीच अन्तरपार्टी सहकार्यबारे छलफल

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइशिङ र क्युबाली कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख एमिलियो लोजादा गार्सियाबीच बिहीबार भिडियो संवाद भएको छ।

संवादका क्रममा दुवै पक्षले चीन र क्युबाका पार्टी तथा देशका शीर्ष नेताहरूबीच भएको महत्वपूर्ण सहमति संयुक्त रूपमा कार्यान्वयन गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।

दुवै नेताबीच अन्तरपार्टी आदानप्रदान र सहकार्यलाई थप सुदृढ बनाउने तथा चीन–क्युबा साझा भविष्यसहितको समुदाय निर्माणलाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

चीन र क्युबाबीच लामो समयदेखि राजनीतिक विश्वास, वैचारिक निकटता र पारस्परिक समर्थनमा आधारित मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्लो संवादलाई दुई देशबीचको परम्परागत मित्रता, पार्टीस्तरको सहकार्य र रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button