१ असार २०८३, सोमबार

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङबाट सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। चालक घर्तीको शव भने दुर्घटनास्थलभन्दा करिब ७० मिटर तल फेला परेको थियो।

दुर्घटना राति करिब १ बजेतिर भएको बताइएको छ। मध्यरातमा भएको दुर्घटनाका कारण उद्धार तथा खोजी कार्यमा केही कठिनाइ भएको प्रहरी निरीक्षक मानन्धरले बताए।

प्रहरीले ट्याक्टरमा अन्य व्यक्ति पनि सवार थिए कि भन्ने आशंकामा खोजतलास गरे पनि चालक मात्र रहेको खुलेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button