१ असार २०८३, सोमबार

इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन्।

इप्पानको २४औँ वार्षिक साधारणसभाबाट डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन समितिका अनुसार शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। संस्थाको विधानअनुसार डाँगी स्वतः अध्यक्ष बनेका हुन्।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध चयन भएका छन्।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्याल विजयी भएका छन्। उनले २६७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिले निजी क्षेत्रको ऊर्जा उत्पादन, जलविद्युत् विकास, नीतिगत सहजीकरण र लगानीमैत्री वातावरण निर्माणका विषयमा संस्थागत भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button