४ असार २०८३, बिहीबार

डा. शशांक कोइरालाको दाबी : नेपाली कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो

विराटनगर – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी यो विभाजनको अवस्थामा पुगेको आरोप लगाए।

कोइरालाले पार्टी आफैँ नटुक्रिएको बरु यसलाई टुक्र्याइएको बताउँदै अहिलेको परिस्थितिमा सबैभन्दा ठूलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पारे। उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे। परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने उनको भनाइ छ।

वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने दाबी गरे। उनले भने, “लामो संघर्ष र ठूलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी छ। यो पार्टी आफैँ नटुक्रिएको बरु यसलाई टुक्र्याइएको छ।”

गगन थापा सभापति भएको नेपाली कांग्रेसले हालै सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको थियो। तर सो निर्वाचन प्रक्रियामा विवाद हुँदै आएको छ। कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगले गलत निर्णय गरेको आरोप लगाएका छन्। उनले एकताबिना कांग्रेस बलियो नहुने र कांग्रेस बलियो नहुँदा देशको विकास सम्भव नहुने चेतावनी समेत दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button