राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सुरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सुरु भएको छ।
बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
बैठकमा आकस्मिक समयअन्तर्गत राष्ट्रियसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि राष्ट्रियसभामा हुने छलफललाई सरकारको राजस्व नीति, खर्च प्राथमिकता, विकास कार्यक्रम, सामाजिक सुरक्षा, आर्थिक सुधार र सार्वजनिक वित्त व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।





