२ असार २०८३, मंगलवार

प्यालेस्टाइनमा नोभेम्बरमा संसदीय र आगामी वर्ष राष्ट्रपति निर्वाचन हुने : अब्बास

रामल्लाह । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संसदीय निर्वाचन नोभेम्बरमा हुने र त्यसपछि आगामी वर्ष राष्ट्रपति निर्वाचन गरिने पुनः पुष्टि गरेका छन्।

प्यालेस्टिनी आधिकारिक समाचार संस्था वाफाका अनुसार अब्बासले सोमबार इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तोसँग टेलिफोन वार्ता गर्दै उक्त कुरा बताएका हुन्।

वार्ताका क्रममा दुई नेताबीच प्यालेस्टाइनको पछिल्लो अवस्थाबारे छलफल भएको जनाइएको छ।

वाफाका अनुसार राष्ट्रपति अब्बासले व्यापक राष्ट्रिय सुधार कार्यक्रमलाई अघि बढाउने र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यसअघि आइतबार वाफाले अब्बासले सन् २०२७ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेको जनाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button