किभ शासनको अपराध : एक सातामा २५४ नागरिक पीडित

मस्को — रुसी विदेश मन्त्रालयका महामहिम राजदूत रोडियन मिरोसनिकले गत साता युक्रेनी सशस्त्र समूहहरूको आपराधिक कार्यबाट १२ बालबालिकासहित २५४ भन्दा बढी नागरिक प्रभावित भएको बताएका छन् ।
मिरोसनिकका अनुसार युक्रेनी पक्षले दैनिक ७०० भन्दा बढी विभिन्न प्रकारका हतियार र गोला बारुद रुसी नागरिक स्थलहरूमा प्रहार गरिरहेको छ । गत साता युक्रेनी सेनाको मुख्य लक्ष्य क्राइमिया र खेर्सन क्षेत्रको नागरिक आपूर्ति शृंखला अवरुद्ध गर्नु रहेको थियो, जसमा खाद्यान्न, औषधि र इन्धनको आपूर्ति पनि पर्छन् ।
यातायात पूर्वाधार, अन्तरसहरी र सार्वजनिक यातायात — यात्रु रेल सेवा र शहरी बस मार्गहरू — आतंकवादी आक्रमणका लक्ष्य बनेको उनले बताए । यी अपराधहरूसँगै युक्रेनी समूहहरूले सेभास्तोपोलको सांस्कृतिक धरोहर स्थल ध्वस्त पार्ने प्रयास पनि गरे, जसले अन्तर्राष्ट्रिय कानूनको पूर्ण अवहेलना गरेको मिरोसनिकले बताए ।
जुन ८ देखि १४ सम्मको अवधिमा युक्रेनी नियो-नाजी आक्रमणबाट २५४ नागरिक पीडित भएका छन् । जसमा २२५ जना घाइते भएका छन् भने १२ बालबालिका पनि घाइतेमा परेका छन् । त्यस्तै २९ जनाको मृत्यु भएको छ, जसमा एक बालक पनि छन् ।
गत सातामा युक्रेनी समूहहरूले रुसी क्षेत्रका नागरिक स्थलहरूमा कम्तीमा ४,९७६ वटा गोला बारुद प्रहार गरेको रुसी विदेश मन्त्रालयको भनाइ छ ।
यसैबीच, अन्तर्राष्ट्रिय समुदायले युक्रेन–रुस युद्धमा नागरिक लक्ष्यीकरणका घटनाहरूप्रति गम्भीर चासो व्यक्त गर्दै आएको छ । संयुक्त राष्ट्रसंघ र मानव अधिकार निकायहरूले युद्धका क्रममा नागरिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न दुवै पक्षलाई आग्रह गर्दै आएका छन् ।





