३ असार २०८३, बुधबार

ज्ञानोदय, सम्झना, हल्याण्ड र ज्ञानज्योति मेयर कप क्वाटरफाइनलमा

नेपालगन्ज – बाँके जिल्ला फुटबल संघको आयोजनामा जारी मेयर कप अन्तर-विद्यालय फुटबल प्रतियोगितामा मंगलबार चार विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ज्ञानोदय मावि, सम्झना एलिट, हल्याण्ड मावि र ज्ञानज्योति कोहलपुरले आ-आफ्ना खेलमा जित हासिल गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

पहिलो खेलमा ज्ञानोदयले कृष्ण माविलाई १–० गोलले पराजित गर्यो । ज्ञानोदयका अभिषेक विकले ४५ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । उनी प्लेयर अफ द म्याच घोषित भए। दोस्रो खेलमा सम्झना एलिट बैजनाथले युनाइटेड एजुकेशनललाई २–० गोलले हरायो । सम्झनाका दीपक साहुले ४ र २७ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

हल्याण्ड माविले जीवनज्योति माविलाई ३–० गोलले पराजित गर्यो । हल्याण्डका अभिषेक थापाले ९ र १८ मिनेटमा तथा अनमोल विकले ७ मिनेटमा गोल गरे । अभिषेक थापा उत्कृष्ट खेलाडी बने। चौथो खेलमा ज्ञानज्योति कोहलपुरले सिटिजन नमुना बोर्डिङलाई टाइब्रेकरमा ६–५ गोलले पराजित गर्यो । निर्धारित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा ज्ञानज्योति विजयी भयो।

नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा ३७ विद्यालयको सहभागिता छ । विजेताले ३१ हजार, उपविजेताले १६ हजार र सर्वोत्कृष्ट खेलाडीले २,५०० रुपैयाँ पुरस्कार पाउनेछन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले जिल्लामा नयाँ प्रतिभा उत्पादनमा टेवा पुर्याएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button