३ असार २०८३, बुधबार

कालीकोटका तीन स्थानीय तहमा दुर्लभ रेडपान्डाको बासस्थान पुष्टि

कालीकोट – जिल्लाका तीन स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको पुष्टि भएको छ। तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा यो संरक्षित प्रजातिको सक्रिय उपस्थिति रहेको सरकारी तथा गैरसरकारी संस्थाहरूले जनाएका छन्।

तिलागुफा–१० को रुरुबन्चु पाटन, शुभकालिका–६ को हाउडी लेक र महावै–२ को महावै पाटन क्षेत्रमा रेडपान्डा भेटिएको हो। रेडपान्डा नेटवर्क (RPN) र हुरन्डेक नेपालको सहकार्यमा भएको अनुगमनले यो पुष्टि गरेको हो।

तिलागुफाका प्रमुख महेन्द्रबहादुर शाहीले नगरपालिकाले संरक्षणका लागि पहल गरिरहेको बताउँदै “अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ” बताए। रेडपान्डा नेटवर्कले कर्णाली प्रदेशका जाजरकोट, जुम्ला र कालीकोटमा गत वर्ष ३२ हजारभन्दा बढी स्थानीय विरुवा रोपेको थियो।

विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्ने रेडपान्डाको बासस्थानमा मानवीय चाप, डढेलो र कुकुरको आक्रमणले जोखिम बढाएको संरक्षणकर्मीहरूले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button