३ असार २०८३, बुधबार

काँकरभिट्टाबाट खैरो हेरोइनजस्तो पदार्थसहित युवक पक्राउ

झापा। मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ दुवागढी बस्ने २३ वर्षीय गोपाल मलाहा रहेका छन्। उनलाई बुधबार बिहान ३ ग्राम २०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मलाहालाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button