४ असार २०८३, बिहीबार

कंगोको ऐतिहासिक बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं। उपाधि दाबेदारमध्ये एक मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को समूह चरणको पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगो, डीआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

अमेरिकाको ह्युस्टनस्थित एनआरजी स्टेडियममा भएको समूह ‘के’ को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता बनाएको थियो। छैटौँ मिनेटमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए। सुरुवाती समयमा पोर्चुगलले बल नियन्त्रणमा राख्दै कंगोलाई दबाबमा राखे पनि थप गोल गर्न सकेन।

पहिलो हाफको इन्जुरी समयमा डीआर कंगो खेलमा फर्कियो। योआने विस्साले हेडमार्फत बराबरी गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए। लामो समयपछि विश्वकप मञ्चमा फर्किएको कंगोका लागि यो गोल र नतिजा दुवै ऐतिहासिक बने।

दोस्रो हाफमा पोर्चुगलले विजयी गोल खोजे पनि कंगोको रक्षापंक्ति संगठित देखियो। कप्तान क्रिस्टियानो रोनाल्डोसहित बलिया अग्रपंक्तिका खेलाडी रहेको पोर्चुगलले अपेक्षित आक्रमण प्रभाव देखाउन सकेन। रोनाल्डोले पनि गोलका अवसर सदुपयोग गर्न नसक्दा पोर्चुगल तीन अंक लिन असफल भयो।

बराबरीसँगै दुवै टोलीले समूह चरणको सुरुवात एक–एक अंकबाट गरेका छन्। कंगोका लागि यो नतिजा आत्मविश्वास बढाउने उपलब्धि बनेको छ भने पोर्चुगलका लागि आगामी खेलमा आक्रमण सुधार र नतिजा सुनिश्चित गर्ने दबाब बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button