४ असार २०८३, बिहीबार

इनखोलाको पहिरो हटेपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवन। पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति करिब ९ बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण सो सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन केही समय रोकिएका थिए।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाइएपछि अहिले सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक खुलाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड देशको प्रमुख यातायात मार्गमध्ये एक हो। राजधानी काठमाडौँलाई चितवन, पोखरा, बुटवललगायत पश्चिम र मध्य तराईका विभिन्न जिल्लासँग जोड्ने यो सडकमा दैनिक ठूलो संख्यामा यात्रु तथा मालवाहक सवारीसाधन गुड्ने गर्छन्।

तुइनखोला क्षेत्रमा पहिरो र ढुंगा खस्ने जोखिम बारम्बार देखिँदै आएको छ। वर्षात् तथा भिरालो भू–भागका कारण उक्त स्थानमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। सडक सञ्चालनमा आए पनि ढुंगा खस्ने जोखिम कायमै रहन सक्ने भएकाले यात्रु र सवारीचालकलाई सतर्क भएर यात्रा गर्न आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button