६ असार २०८३, शनिबार

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुने

चितवन — पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे सुरु हुनेछ।

भोलि आइतबारदेखि सुरु हुने पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र सहभागी प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। साथै, बैठकले महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र पार्टी विधान संशोधनका सम्बन्धमा पनि आवश्यक निर्णय लिने उनले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button