६ असार २०८३, शनिबार

विश्वकपमा मोरक्कोको पहिलो जित, स्कटल्याण्ड १–० ले पराजित

बोस्टन — फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘सी’ को मोरक्कोले पहिलो जित निकालेको छ। शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्को विजयी भएको हो।

मोरक्कोका लागि इस्माइल साईबारीले खेलको दोस्रो मिनेटमै गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई पराजित गरेको थियो।

यसै समूहमा रहेका ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान सवा ६ बजे सुरु भइसकेको छ। समूह ‘सी’ बाट नकआउट चरणमा पुग्ने टोलीको समीकरणका लागि यो खेलको परिणाम निकै महत्त्वपूर्ण हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button