६ असार २०८३, शनिबार

विश्वकपमा मेक्सिको अन्तिम ३२ मा प्रवेश, दक्षिण कोरिया १–० ले पराजित

ग्वाडालाजारा — फिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ। शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकआउट चरणमा पुगेको हो।

मेक्सिकोका लागि लुइस रोमोले खेलको ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यो जितसँगै मेक्सिकोले दुई खेलबाट ६ अंक जोड्दै समूह ‘ए’ बाट नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। पराजित दक्षिण कोरियाको भने ३ अंक रहेको छ।

यसअघि पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए।

सन् २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको मेक्सिको सन् २०२२ को संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो।

यसपटकको विश्वकपमा नकआउट चरणमा ३२ टोली पुग्नेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुनेमध्येबाट ८ टोली नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button