६ असार २०८३, शनिबार

रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु, विधान संशोधन र महाधिवेशन तयारीमा छलफल हुने

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा सुरु भएको छ।

भरतपुरस्थित सिएमटी रिसोर्टमा जारी बैठकमा महाधिवेशनको तयारी, विधान संशोधन प्रस्ताव र सांगठनिक विषयमा छलफल हुने बताइएको छ।

रास्वपाले हालको १३१ सदस्यीय केन्द्रीय समितिलाई विधान संशोधन गरी १५१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ। उक्त संशोधन प्रस्ताव केन्द्रीय समितिबाट पारित गरेर महाधिवेशनमा पेश गरिनेछ।

रास्वपाको प्रथम महाधिवेशन आइतबारदेखि तीन दिनसम्म चितवनमा सञ्चालन हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button