७ असार २०८३, आईतवार

रास्वपा महाधिवेशनको लोगोमा लामिछाने र शाहका तस्वीर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको लोगोमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको तस्वीर समावेश गरिएको छ।

प्रधानमन्त्रीसमेत रहेका शाह र पार्टी सभापति लामिछानेको तस्वीर राखेर महाधिवेशन उद्घाटनस्थलका विभिन्न स्थानमा ब्यानरसमेत तयार गरिएको आयोजक पक्षले जनाएको छ। महाधिवेशनमा प्रयोग हुने आधिकारिक लोगोमा पनि दुवै नेताको तस्वीर राखिएको छ।

भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना हुन लागेको महाधिवेशन उद्घाटनस्थलमा आइतबार बिहानैदेखि चहलपहल बढेको छ। पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू कार्यक्रमस्थलमा भेला हुने क्रम जारी छ। महाधिवेशनस्थलमा सहभागीहरू नाचगानमा समेत सहभागी देखिएका छन्।

आइतबार दिउँसो १ बजेबाट सुरु हुने उद्घाटन सत्रमा देशभरबाट नेता, कार्यकर्ता र प्रतिनिधिहरू सहभागी हुने क्रम जारी रहेको पार्टी नेता गणेश पराजुलीले जानकारी दिए।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व, संगठनात्मक दिशा र राजनीतिक कार्यनीतिका हिसाबले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button