७ असार २०८३, आईतवार

पूर्वप्रधानमन्त्री देउवा हङकङमा देखिएको दाबी

उपचारका लागि फागुन २१ गतेको निर्वाचनअघि सिङ्गापुर गएका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा देखिएको दाबी गरिएको छ।

केशर थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँगै हङकङको सडकपेटीमा हिँड्दै गरेको देखिन्छ।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। त्यसक्रममा देउवा र राणामाथि सांघातिक आक्रमणसमेत भएको थियो। केही समय नेपालमै उपचार गराएपछि उनीहरू थप उपचारका लागि कात्तिक १० गते सिङ्गापुर गएका थिए।

फागुन २१ गतेको निर्वाचनभन्दा करिब एक साताअघि उनीहरू पुनः सिङ्गापुर गएका थिए। त्यसपछि उनीहरू सिङ्गापुरबाट हङकङ पुगेको बताइए पनि यसअघि आधिकारिक तस्बिर वा भिडियो सार्वजनिक भएको थिएन।

सामाजिक सञ्जालमा राखिएको उक्त भिडियो कहिले खिचिएको हो भन्नेबारे भने केही खुलाइएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button