७ असार २०८३, आईतवार

रास्वपा महाधिवेशन आजदेखि : कांग्रेस सभापति थापा सहभागी हुने, एमाले र नेकपाबाट दोस्रो तहका नेता

चितवन — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ। यद्यपि, सबै दलबाट शीर्ष नेताको उपस्थिति भने रहने छैन।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं चितवन जाने भएका छन्। उनले आज बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामना समेत दिएका छन्।

संसदको तेस्रो ठूलो दल एमाले र चौथो ठूलो दल नेकपाले भने दोस्रो तहका नेतालाई पठाउने भएका छन्। एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने बताइएको छ।

पाँचौं ठूलो दल श्रम संस्कृतिबाट भने कसैको पनि सहभागिता नरहने बुझिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन स्वयं सहभागी हुनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button