८ असार २०८३, सोमबार

स्पेनको गोलवर्षा : साउदी अरेबियामाथि ४–० को जितसँगै समूह ‘एच’ को शीर्षस्थानमा

एटलान्टा स्टेडियम — फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको सानदार जित निकालेको छ।

एटलान्टा स्टेडियममा भर्खरै सम्पन्न खेलमा स्पेनले पहिलो हाफमै तीन गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल उपहार पायो। खेलको १०औं मिनेटमा लामिन यामालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए।

२१औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै अग्रता दोब्बर बनाए भने तीन मिनेटपछि अर्थात् २४औं मिनेटमा उनै मिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३–० को अग्रतामा पुर्याए।

दोस्रो हाफको ४९औं मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले आत्मघाती गोल गरेपछि स्पेन ४–० ले अघि बढ्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र स्पेनले सहज जित निकाल्यो।

यो जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोड्दै समूह ‘एच’ को शीर्षस्थानमा उक्लिएको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। यसै समूहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान १–१ अंक रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button