८ असार २०८३, सोमबार

प्रधानमन्त्रीको ‘एक्सप्रेसवे’ अभिव्यक्तिमा एमाले नेतृको प्रश्न : ‘बीचैमा टायर पञ्चर भयो भने ?’

काठमाडौं — प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा सरकारलाई ‘एक्सप्रेसवेमा दौडिरहेको गाडी’ को संज्ञा दिएपछि एमाले नेतृ शान्ता चौधरीको प्रतिक्रिया चर्चामा आएको छ।

महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो नेतृत्वको सरकार लोकल सडकमा होइन, एक्सप्रेसवेमा दौडिरहेको गाडीजस्तै लक्ष्यतर्फ अघि बढिरहेको बताएका थिए। उनले गन्तव्यमा नपुगुन्जेल यात्रा नरोकिने र बीचमै ब्रेक लगाउने सोच आफ्नो नभएको सन्देश दिएका थिए।

शाहको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि नेकपा (एमाले) की नेतृ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा छोटो स्टाटस लेख्दै प्रश्न उठाइन्, “बीचैमा टायर पन्चर भयो भने ?????”

सामाजिक सञ्जालमा चौधरीको पोस्ट सार्वजनिक भएसँगै विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले यसलाई सरकारको कार्यशैलीमाथिको राजनीतिक कटाक्षका रूपमा व्याख्या गरेका छन् भने केहीले नयाँ सरकारप्रति गरिएको अनावश्यक आलोचना भएको टिप्पणी गरेका छन्।

चितवन महाधिवेशनपछि प्रधानमन्त्री शाहको ‘एक्सप्रेसवे’ अभिव्यक्ति र चौधरीको ‘टायर पन्चर’ टिप्पणी सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। यसले सत्ता पक्ष र प्रतिपक्षबीचको भाषिक तथा राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको टिप्पणी भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button