चीनले सरकारी खरिदमा ४६ अमेरिकी कम्पनीका उत्पादनमाथि लगायो प्रतिबन्ध

बेइजिङ — चीनको अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सरकारी खरिद प्रक्रियामा ४६ वटा तोकिएका अमेरिकी कम्पनीहरूद्वारा उत्पादित वस्तु खरिद गर्न प्रतिबन्ध लगाएको छ।
नयाँ व्यवस्थाअन्तर्गत सरकारी खरिद गतिविधिमा सहभागी हुने निकायहरूलाई सूचीकृत अमेरिकी कम्पनीहरूका उत्पादन खरिद गर्न रोक लगाइएको छ। सूचीमा लकहिड मार्टिन कर्पोरेसन र रेथियोन मिसाइल्स एन्ड डिफेन्सजस्ता प्रमुख अमेरिकी रक्षा कम्पनीहरू समावेश छन्।
मन्त्रालयले यो कदम चीनको सान्दर्भिक कानुन र नियमावलीअनुसार स्वीकृत गरिएको जनाएको छ। प्रतिबन्ध चीनभित्र सञ्चालित अमेरिकी लगानीका कम्पनीहरूमा भने लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
यो व्यवस्था जारी भएको मितिदेखि नै लागू हुने बताइएको छ।





