रास्वपाको बन्दसत्र ढिला सुरु हुने, प्रतिनिधि नामावली त्रुटीका कारण ढिलाइ

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको बन्दसत्र बिहान ८ः३० बजेदेखि सुरु हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बन्दसत्रको सुरुवात हुन नसक्दा पदाधिकारीहरू प्रदर्शनी हलभित्रको एसीको शीतलमा आराम गर्दै सुरु हुने समय कुरिरहेका छन्।
महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा केही त्रुटी भेटिएपछि त्यसलाई सच्याउनुपर्ने भएकाले ढिला भएको नेताहरूले बताएका छन्। नामावली मिलाउने काम जारी रहेको र सच्याइएपछि मात्र बन्दसत्र सुरु हुने उनीहरूको भनाइ छ।
यसअघि नै महामन्त्री पदका लागि प्रवक्ता मणिष झाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान महामन्त्रीहरू कविन्द्र बुर्लाकोटी र भूपदेव शाहलाई निरन्तरता दिने तयारी भइरहेको छ। बन्दसत्र सुरु भएपछि पदाधिकारी चयनको विषयमा औपचारिक प्रक्रिया अगाडि बढ्नेछ।





