९ असार २०८३, मंगलवार

सम्पत्ति छानबिनको पक्षमा अडिग छु : जनार्दन शर्मा

काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा आफू पहिलेदेखि नै रहेको बताएका छन्।

आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा सार्वजनिक भइरहेका बेला शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सम्पत्ति छानबिनको विषय आफूले सदन र पार्टीभित्र समेत उठाउँदै आएको बताएका हुन्।

“साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ,” शर्माले भनेका छन्, “त्यसमा म अहिले पनि अडिग छु।”

उनले सरोकार नै नभएको विषय बनाएर भ्रम सिर्जना गर्ने उद्देश्यले ‘मिडिया ट्रायल’ गरिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।

“तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु,” शर्माले उल्लेख गरेका छन्।

यसअघि सोमबार पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको थियो।

पौडेल पक्राउ परेपछि पूर्वमन्त्री तथा शीर्ष नेताहरूको सम्पत्ति छानबिनसँग सम्बन्धित विषय पुनः चर्चामा आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button