रास्वपाको बन्दसत्र प्राविधिक कारणले सर्यो, आज दिउँसो १ बजेबाट सुरु हुने

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ। सोमबार बिहान ८:३० बजे सुरु हुने भनिएको बन्दसत्र प्राविधिक कारणले सुरु हुन नसकेको जनाउँदै आज दिउँसो १ बजेबाट सुरु हुने पार्टीका एक नेताले जानकारी दिएका छन्।
उनका अनुसार यतिबेला चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम भइरहेको छ।





