पूर्वअर्थमन्त्री विष्णु पौडेल अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइए

काठमाडौँ – पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई सुर्खेतबाट स्थलमार्ग हुँदै रातारात काठमाडौँ ल्याएर विभागमा उपस्थित गराइएको हो। सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाट उनी पक्राउ परेका थिए।




पाँच पटकसम्म मुलुकको अर्थमन्त्री भइसकेका पौडेललाई पक्राउ गर्नुअघि विभागले ललितपुरस्थित उनको निवासमा छापा समेत मारेको थियो। विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको पाइएपछि पौडेल पक्राउ परेको बुझिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका भट्ट पूर्पक्षका लागि थुनामा रहेका छन्।





