९ असार २०८३, मंगलवार

एमाले संसदीय दल र सचिवालय बैठक आज बस्दै, पौडेल पक्राउपछि पहिलो बैठक

काठमाडौँ – नेकपा एमालेको संसदीय दल बैठक आज बस्ने भएको छ। प्रमुख सचेतक ऐनबहादुर महराका अनुसार मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा संसदीय दल बैठक बस्नेछ, जसमा अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन्।

यस्तै, आज साँझ ६ बजे अध्यक्ष ओली निवास भक्तपुर गुण्डुमा सचिवालय बैठक पनि बस्ने प्रवक्ता निरज आचार्यले जानकारी दिए।

यी बैठकहरू एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि बस्न लागेको पहिलो बैठक हुन्। पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका थिए र हाल उनलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button