फिफा विश्वकप : इङ्ल्याण्ड र घानाबीच गोलरहित बराबरी

फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को दोस्रो खेलमा इङ्ल्याण्ड र घानाबीचको भिडन्त गोलरहित बराबरीमा टुङ्गिएको छ । दुवै टोलीले आ–आफ्नो प्रयासका बाबजुद जित निकाल्न सकेनन् । यसअघि समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने घानाले पानामालाई १–० ले हराएको थियो । बराबरीसँगै दुवै टोलीले एक–एक अङ्क जोडेका छन् ।
गए राति सम्पन्न अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले सानदार जित हात पारेको थियो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै नायकको भूमिका निभाएका थिए ।
यसैबीच, आजको खेल तालिका पनि रोमाञ्चक रहेको छ । बिहान ४ः४५ बजे पानामा र क्रोएसियाबीच खेल हुनेछ भने बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच प्रतिस्पर्धा हुनेछ ।





