१० असार २०८३, बुधबार

रास्वपा महाधिवेशनमा नेतृत्व चयनको मतदान जारी, प्रधानमन्त्री शाह काठमाडौं फर्किए

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ। भरतपुरमा सुरु भएको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू नेतृत्व चयनको प्रक्रियामा सहभागी भइरहेका छन्।

सभापति पदमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन्। अन्य पदका लागि भने निर्वाचन प्रक्रिया अघि बढाइएको छ। प्राप्त विवरणअनुसार ९९ केन्द्रीय सदस्यका लागि झण्डै चार सय जनाको उम्मेदवारी परेको छ।

महाधिवेशनस्थलमा उम्मेदवार र समर्थकहरूको सक्रियता बढेको छ। प्रतिनिधिहरूबीच छलफल, आन्तरिक परामर्श र मत माग्ने गतिविधि जारी छ। पार्टीको पहिलो महाधिवेशन भएकाले नेतृत्व चयन प्रक्रियालाई रास्वपाको आगामी संगठनात्मक दिशा र आन्तरिक शक्ति सन्तुलनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

महाधिवेशनका औपचारिक प्रक्रिया जारी रहँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फर्किएका छन्। शाह आज चितवनको भरतपुर विमानस्थलबाट परिवारका सदस्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंतर्फ प्रस्थान गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button