११ असार २०८३, बिहीबार

मतदान व्यवस्थापनमा कमजोरी भएको रास्वपाको स्वीकारोक्ति

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा मतदान प्रक्रियाका क्रममा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरेका छन्।

बिहीबार महाधिवेशनस्थलमा पहिलो चरणको मतदानबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै झाले मतदान व्यवस्थापनमा ढिलाइ र कमजोरी भएको भन्दै पार्टी त्यसप्रति लज्जित रहेको बताए।

उनले व्यवस्थापकीय कमजोरीका बाबजुद महाधिवेशन प्रतिनिधिहरूले धैर्यतापूर्वक मतदान प्रक्रियामा सहभागिता जनाएको भन्दै धन्यवाद व्यक्त गरे। उनका अनुसार केही प्रतिनिधि फर्किएको आशंका भए पनि मतदानमा देखिएको सहभागिता सन्तोषजनक रहेको छ।

झाले पहिलो चरणको मतदानमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिए। दोस्रो चरणको मतदान अपराह्न ४ बजेदेखि सुरु हुने उनले बताए।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा मतदान प्रक्रिया ढिलाइ, उम्मेदवार सूचीको क्रम र विद्युतीय मतदान व्यवस्थापनबारे उम्मेदवार तथा प्रतिनिधिहरूबाट असन्तुष्टि सार्वजनिक भइरहेका बेला प्रवक्ता झाले व्यवस्थापकीय कमजोरी स्वीकार गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button