१३ असार २०८३, शनिबार

अवैध हतियारको सूचनापछि कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय अभिषेक गिरी पक्राउ परेका छन्। मोरङ प्रहरीले उनलाई शनिबार बिहान विराटनगर–१० स्थित आफ्नै घरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको टोली विशेष सूचनाका आधारमा गिरीको घरमा खानतलासी गर्न पुगेको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खानतलासीका लागि पुगेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। खानतलासीका क्रममा हतियार बरामद भए–नभएको विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी रिहा भएका थिए। त्यसपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए।

पछिल्लो पक्राउसँगै सामाजिक सञ्जालमा राजनीतिक संरक्षण, अपराध र कानुनी जवाफदेहिताबारे बहस सुरु भएको छ। यद्यपि, प्रहरी अनुसन्धान र न्यायिक प्रक्रियाबाट अन्तिम निष्कर्ष नआएसम्म गिरीमाथिका आरोप अनुसन्धानकै चरणमा रहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button