१४ असार २०८३, आईतवार

रूखबाट खसेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रूखबाट खसेर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ पुडाबाउला निवासी आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा प्रिन्सा खसेर गम्भीर घाइते भएकी थिइन्।

रूखबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button